काठमाडौंमा खानेपानीको अन्त्यहीन समस्या

काठमाडौंमा खानेपानीको अन्त्यहीन समस्या

नारायणी देवकोटा गल्ली-गल्लीकि संचार संयोजक हुन् |

नारायणी देवकोटा गल्ली-गल्लीकि संचार संयोजक हुन् |

हप्ताको एक वा दुई दिन बिहान ३ नै बजे उठेर पानीको पालो कुर्नु, आफ्नो ट्यांकीमा पानी सकिनु, पन्द्र दिन अगाडी ट्यांकर वालालाई फोन गरेर नाम टिपाउनु, चोकमा रोकिने पानी ट्यांकरबाट तछाडमछाड गरेर दुई जर्किन पानी भर्नु, सार्वजनिक धारामा घन्टौं सम्म लाईनमा बसेर एक जर्किन पानी भर्नु वा जारको पानी किनेर नुहाउनु, पानी नभएका कारण नुहाउन कै लागि हेल्थ क्लब जानु वा खाना पकाउने पानी नभएका कारण रेस्टुराँमा गएर खाना खानु काठमाडौं बस्ने सर्वसाधारणको नियति जस्तै भएको छ |

यति बेला काठमाडौं उपत्यकामा प्रत्येक दिन ४० करोड लिटर पानीको माग छ | तर के यु के एल ले वर्षामा १४ करोड अनि हिउँदमा ८ करोड लिटर दैनिक उपत्यका बासीलाई पानी दिएको छ | त्यसमा पनि भनिन्छ, ३६ प्रतिशत चुहावट छ | त्यस अनुसार ८ करोड ६० लिटर पानी वर्षामा र ५ करोड १२ हजार लिटर हिउँद अहिले काठमाडौंका जनताले पानी पाउने रहेछन् | ४० लिटर चाहिँदा वर्षामा साढे आठ लिटर र हिउँदमा ५ लिटर भन्दा अलिकति बढी पानी पाईने हुन्छ |

मेलम्चीको पानी, जुन १७ करोड लिटर प्रतिदिन आउने भन्ने छ, त्यो आए पछि पनि काठमाडौं निवासीले हरेक दिन ४० लिटर पानी चाहिँदा वर्षामा २५ लिटर र २२ लिटर पानी पाउने अवस्था रहन्छ |

मेलम्चीको पानी काठमाडौंमा ल्याए पछि सरकारले लार्के र यांग्दी खोलाको पानी ल्याउने भन्ने कुराकानी चलिरहेको छ | तर त्यसको योजना निर्माण तर्फ काम भएको छैन | लार्के र यांग्दी नदीको पानी काठमाडौंमा ल्याउन सक्ने हो भने बल्ल काठमाडौंको खानेपानीको समस्या समाधान हुन सक्छ | तर त्यस बारेमा योजना निर्माण हुने र कार्यन्वयन हुने समय कति लाग्छ यसै भन्न सक्ने अवस्था छैन |

खानेपानीबाट हैरान भएका मानिसहरु आफ्नो नजिकको सरकारी कार्यालय वडा कार्यालयमा खानेपानी सम्बन्धि गुनासो पोख्न पुग्छन् | तर, काठमाडौं महानगरपालिकाले प्रत्यक्ष रुपमा पानीको काम नगर्ने हुनाले महनगरका कर्मचारीहरु के यु के एललाई देखाउँछन् | त्यसो त खानेपानीको बिलमा ५० प्रतिशत ढलको लागि भनेर सबै सर्वसाधरणले तिर्ने गरेका छन् | खानेपानीको बिलमा अर्को १०० प्रतिशत रकम ढलको लागि तिरे पनि जनता ढलको समस्या लिएर पनि महानगरपालिकामा नै जान्छन् |

काठमाडौंको एक मुख्य समस्या खानेपानी भएको कारण एउटा सुकुलबहस यसैमा गरौं भन्ने हाम्रो योजना थियो | खानेपानीको क्षेत्रमा काम गरिरहेका थुप्रै संस्थाहरुले एक साथ काम गरिरहेका छन् | सरकारी नेतृत्वमा मात्रै पानीको काम गर्ने निम्न कार्यालय स्थापना भएका छन् |

१. खानेपानी तथा ढल निकास बिभाग, जसले देश भरिको खानेपानी र ढलको क्षेत्रमा काम गर्छ |

२. खानेपानी संस्थान, जसले केयुकेएल स्थापना हुनु भन्दा अगाडी काठमाडौंको पानीको काम यसले गर्थ्यो | र अहिले उक्त कार्यालय खासै केहि काम गरेको छैन |

३. काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं उपत्यका भर पाइप लाईनबाट वितरण गरिने  र ट्यांकर मार्फत पनि खानेपानी वितरण गर्ने काम गर्छ |

४.काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, यो कार्यालयले खाने पानीको क्षेत्रमा काम गरिरहेका संस्थाहरुको नियमन गरिरहेका छ | गत वर्ष खानेपानीको व्यवसाय संचालन गर्ने ५०० भन्दा बढी संस्थालाई कानुनी दायरामा ल्याएको यसका अध्यक्ष संजिव राणा बताउँछन् | खानेपानी व्यवस्थापन बोर्डको अनुमान अनुसार अझै ५०० को हाराहारीमा रहेका व्यवसायीलाई यो वर्ष कानुनको दायरामा ल्याउने, आकासे पानीको संकालन गर्नेमा आफुहरु केन्द्रित हुने संजिव राणाको भनाई छ |

५. मेलम्ची खानेपानी आयोजना, मेलम्ची खोलाको १७ करोड लिटर पानी प्रतिदिन काठमाडौंमा ल्याउने योजना बनेको हो | १९९८ मा यो योजनाको निर्माण सुरु भएको हो | मेलम्चीको पानी काठमाडौं ल्याउने योजनाको बिषयमा कुरा सुरु हुँदा काठमाडौंमा खानेपानीको माग १५ करोड लिटर मात्रै थियो जुन अहिले ४० करोड लिटर पुगेको छ |

६.योजना कार्यन्वयन निर्देशनालय, यो संस्थाले मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्न भन्दा अगाडिका पूर्वाधार निर्माणको काम गर्दै छ | जस्तै, ठूला ठूला पोखरीहरुको निर्माण, पाइप बिछ्याउने, ढलको ट्रीटमेन्ट प्लान्ट निर्माण गर्ने काम यो कार्यालयले गरिरहेको छ |

छन् भने, काठमाडौं भित्र खाने पानीको क्षेत्रमा काम गरिरहेका वाटर एड, अक्सफाम, जस्ता आईएनजिओ देखि खानेपानीको व्यवसाय गरिरहेका हजारको हाराहारीका साना ठूला संस्थाहरु छन् | तर, पनि काठमाडौंका बासिन्दाको पानीको समस्या हरेक दिन बढ्दै गएको छ |

Leave a Comment