सुझावको कुइनेटो

सुझावको कुइनेटो

पुष्पा पौडेल गल्ली-गल्लीकी अनुसन्धान कर्ता हुन्

पुष्पा पौडेल गल्ली-गल्लीकी अनुसन्धान कर्ता हुन्

गल्ली-गल्लीको सर्वेक्षणका क्रममा हामी काठमाडौँ महानगरपालिकाका ३३ र ६ वडाका केहि ठाउँमा केहि प्रश्नहरु लिएर गएका थियौं | प्रश्नहरु त आफ्नै ठाउँमा छदैंछन् मानिसहरुको व्यवहार र भावभंगी पनि विभिन्न थिए | पहिला त उनीहरुलाई कुरा बुझाउन गाह्रो पर्ला जस्तो भयो तर कुरा गर्दै जाँदा कोहि मानिसहरु हामीलाई समय दिन तयार भए भने कोहि चाहिं तयार भएनन् | प्रश्नहरु उनीहरुले नै भोगेका समस्याहरु र त्यसका बारेमा उनीहरुको धारणाको बारेमा थियो | छ प्रकारका समस्याहरुका बारेमा प्रश्नहरु र अन्तमा मानिसहरुको सुझावहरु पनि राखिएको थियो |

प्रश्नहरु त छदै छन् | तर, मानिसका सुझाबहरु निकै रोचक थिए | टोल पिच्छे, घरै पिच्छे अनि प्रत्येक मानिस पिच्छे नै सुझाव र धारणाहरु भिन्नै थिए | सबै भन्दा धेरै सुझाबमा फरक चाहिं घरबेटी र बाहालवालाका बिचमा देखियो | केहि घरबेटीहरुले रमाइला सुझाब दिए कोहिले रचनात्मक भने कोहि चाहिं त्यसै हामीसँग भड्किए | त्यस्तै बहालमा बस्नेहरुले भने सुझाब दिन धेरै नै अन्कनाए किनकि यो समस्याको समाधान उनीहरुले गरेर नहुने बताए |

त्यति मात्र नभई बहालवालाहरु धेरै जसो समस्याका परेमा घरबेटीलाई भन्ने अनि एककृत भएर टोलको विकासको कामको भने कमै मात्र सहभागी हुने गरेको पाइयो | सहभागिताको खाचों महसुस भएपनि घरबेटीहरु बहालवालाहरुलाई टाढै राख्न चाहन्छ | किनकि उनीहरु कतिन्जेल त्यो टोल अथवा आफ्नो घरमा बस्छन ठेगान हुँदैन | त्यसैले पनि होला धेरै बहालवालाहरुलाई धेरै सरकारी निकाय, तीनले गर्ने कार्यहरु र केहि समस्या परेमा कहाँ जानु पर्छ भन्ने नै थाहा नभएको पाईयो | कति ले त उजुरी गर्ने व्यवस्था पनि हुन्छ र भन्ने जस्ता प्रतिप्रश्न पनि गरेका थिए |

यहाँका घरबेटी र बहालमा बस्नेको समस्या फरक  फरक छन् | तर धेरैलाई समस्या परेको अवस्थामा के गर्ने, कसलाई भन्ने भन्ने जानकारी नै छैन | त्येसैले धेरै बहालमा बस्नेले समस्या समाधानका सुझावहरुमा हाम्रो समस्या हैन हामीले सुझाब दिएर के हुन्छ र भन्ने जस्ता कुरा गरे |

धेरैले त सुझाबको ठाउँमा आफ्नो अवस्थाको बारेमा भने | जस्तै “सडक वर्षामा हिलो हुन्छ हिंड्नै पाइंदैन”| अनि  कोहिले चाहिं के-कस्तो व्यवस्था हुनु पर्छ भने | जस्तै “पानीको अभाव भयो, मेलम्ची चाँडो आउनुपर्यो” |

 

Leave a Comment