सुझाव दिएर के हुन्छ ?

सुझाव दिएर के हुन्छ ?

मनिषा लम्साल गल्ली-गल्लीकी अनुसन्धाता हुन्

मनिषा लम्साल गल्ली-गल्लीकी अनुसन्धाता हुन्

गत हिउँदमा हामीले काठमाडौंमा महानगरपालिकाका ३३ र ६ वडा भित्र सर्वसाधारणको दैनिक आधारभूत सेवा सुविधामा परेका समस्या माथी सर्भे गर्दा खाने पानीको बारेमा एक प्रश्न “खानेपानीको बारेमा केहि सुझाब दिन चाहनु हुन्छ ?” भनेर सोधेका थियौं | उक्त प्रश्नमा “कुनै सुझाब छैन ! सुझाब दिएर कसले सुन्छ ? तपाईले के गर्न सक्नु हुन्छ र ? सुझाव दिए पछि के धारमा पानी आउछ र ?” उत्तरदाताले जस्ता प्रति प्रश्न गरे |

जबकी सर्वेक्षणको प्रश्न सोध्न अगाडी नै हामीले समस्या सुधार हुन्छ नै भनेर भन्न सक्दैनौ | तर, सरोकारवाला निकायलाई जानकारी सम्म पुराउने काम गर्छौ भनेर भनेका थियौ र केहि हद सम्म मान्छेहरुले विश्वास गरेका थिए | आफ्नै घर भएका धेरैलाई त अफ्नोमा पानी कुन स्रोत बाट आउछ भन्ने कुरा थाहा छ | तर, बहालमा बस्नेलाई पानी कहाँ बाट आउछ भन्ने कुरा थाहा नै रहेनछ | र आफ्नो घर होइन भनेर जानकारी राख्न जरुरी पनि ठान्दा रहेनछन् | आफु जहाँ बसिन्छ त्यसलाई आफ्नो ठानेर बस्नु पर्छ भनेर बुढा पाकाले सिकाउने गर्थे | तर, वास्तविकतामा यस्तो नभए जस्तो देखियो | सर्वेक्षण गर्ने क्रममा भाडामा बस्ने गरेकाले जे भएपनि आफ्नो घर नभएकाले घरमा प्रयोग हुने सेवाहरु कहाँ बाट आइरहेको छ भन्ने कुरा उनीहरुलाई चासो लाग्दैन रे |

पानी मानिसको दैनिक आवस्यकता हो | जीवन धान्ने स्रोत नै हो | सहरमा पानी आपूर्ति र यसमा आश्रित हुने बीचको संख्यामा धेरै फरक छ | माग र  आपूर्तिको ताल मेल नमिलेर नै होला समस्या धेरै नै देखिन्छ | तर समस्या समाधानका सुझाबहरु भने कमैले मात्र दिएको पाइयो | आवस्यकता छ | तर, आपूर्ति नहुँदा मानिसहरु अरु विकल्प खोज्न तिर लाग्दछन् | यहि विकल्प खोज्ने क्रममा मानिसहरुले आफुले सक्ने सम्मको लगानी गरेर पानीको प्रयोग गर्ने गर्दछन् |

सर्वेक्षणकै क्रममा मानिसले खोजेको बिकल्पमा सबै भन्दा बढी खानको लागि जारको पानी प्रयोग गर्ने र बाकी कामको लागि नजिकैको सार्वजनिक धारा या ढुंगे धारा या त जे छ नजिकै पानीको स्रोत त्यहि नै प्रयोग गर्ने गरेको रहेछन् | प्राय एक परिवारले खानको लागि भनेर मात्र कम्तिमा पनि दिनको एक जार पानी चाहिने गर्छ | पानीको मूल्य स्थान र बेच्ने पसल हेरेर मूल्य पनि फरक पर्ने गर्छ | उदाहरणको लागि कुनै ठाउँमा प्रति जारको ४० रुपैया पर्छ त कुनै ठाउँमा ६० रुपैया सम्ममा किन्नु पर्ने हुन्छ |

आफ्नो घर भएकाले त ट्यांकरको पानी किन्ने गरेको पनि पाइयो तर सबै भन्दा बढी समस्या चाही बहालमा बस्नेलाई भएको देखियो | घरबेटी घरमा नबसेर अन्यत्र बस्ने गरेका ठाउँमा भाडामा बस्नेलाई दिनु पर्ने सेवा सुबिधा बारे कुनै पनि चासो नराख्ने गरेको पनि बाहालवालाहरुले गुनासो गर्न भ्याए |

ज्ञानेश्वर स्थित ज्ञानभैरब टोलमा त एउटा ढुंङ्गे धारो त छ तर त्यसमा पानीको बहाव दिन दिननै घट्दै गएको छ भन्छन् त्यहाका स्थानीय बसी | यसबाट पानी कहिले सम्म आउने हो भन्ने कुरा अन्योल छ | भोलि आइ पर्ने अभाब सम्झेर अहिले नै मानिसलाई चिन्ता परिरहेको छ |

काठमाडौंमा बिभिन्न समस्या मध्ये खाने पानीको समस्या पनि एक हो | मानिसहरु महिनौं सम्म धारामा पानी नआएर समस्यामा परिरहेका हुन्छन् | तर कसैलाई केहि भन्न चाहन्नन् किन कि उनीहरुका समस्या सुनिदिने कोहि छ भन्ने पनि उनीहरु सोच्न छोडिसकेका छन् |

Leave a Comment