GalliGalli Sukul Bahas Nalibeli poster

Who we are

Who we are

गल्लीगल्ली” सार्वजनिक निकाय र सर्वसाधारण बिचको सम्बन्ध बुझ्न, सहज पार्न र प्रभावकारी बनाउन काम गरिरहेको मुनाफा वितरण नगर्ने कम्पनि हो | यो २०६९ मा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको हो । यी उदेश्य पुरा गर्न हामी अनुसन्धान, छलफल गरि प्रविधिको माध्यमबाट सूचना प्रवाह गर्छौं | यी काम गर्नको लागि हामीसँग सर्भ तथा अनुसन्धान, सुकुलबहस, nalibeli.org र नालीबेली कन्सल्टिंग छ | हामी बिशेष गरि स्थानीय तहको काम र सहरीकरणमा  केन्द्रित छौं |

हाम्रा सबै कार्यहरु निम्न मान्यता द्वारा निर्देशित छन्:

१.  सानो: सार्बजनिक क्षेत्र शक्तिशाली छ किन भने सायद, सधै जसो हस्तक्षेपको प्रभाव परिरहन्छ | जब अमुल प्रणाली सुधार गर्ने लक्ष हुन्छ, त्यहाँ ठुलो मात्रामा पैसा र जनशक्तिक जम्मा हुनु पर्छ | गल्ली-गल्लीले भने हामीले त्यसको बिपरित तरिकालेले काम गर्छ | हामी सिमित स्रोतको प्रयोग गर्छौं, बिशेष गरेर सहकार्य र साना साना सहयोगलाई ध्यान दिन्छौं |

२.  प्रयोगात्मक: हामीले जटिल बिषयमा गरिरहेका हुनाले कामहरुको समाधानको टुंगो छैन | न त सफलताको नै ठेगान छ | र असफलतामा लज्जित पनि हुँदैनौं | हामि गल्ली-गल्लीमा नयाँ बिचारको परिक्षण गर्न ईच्छुक छौं | साथै, हाम्रो बिचार असफल भएको स्वीकारेर अरु नयाँ कुराहरु परिक्षण गर्न पनि तयार छौं |

३.  आत्मनिर्भर : लामो समयको दौरानमा, आन्तरिक कार्यसंचालनको निम्ति प्रयाप्त रुपियाँ कमाउने योजना बनाउन सफल भएका छौं |हामीले मुनाफा वितरण नगर्ने कम्पनी दर्ता गर्यौ र कार्य संचालन भईरहने योजना बनायौं |

हाम्रो समुह

सुरभी पुडासैनी

सुरभी पुडासैनी //

संस्थापक/ प्रवन्ध निर्देशक

राजीब तिमल्सिना

राजीब तिमल्सिना //

कार्यकारी निर्देशक

अम्विका वस्ती

अम्विका वस्ती //

कार्यकारी निर्देशक

महेन्द्र कार्की

महेन्द्र कार्की //

संयोजक, सुकुल बहस

नताशा काफ्ले

नताशा काफ्ले //

कार्यक्रम व्यवस्थापक

दीपिका ढकाल

दीपिका ढकाल //

कार्यक्रम सहयोगी

सम्झना बलामी

सम्झना बलामी //

अनुसन्धानकर्ता, नालीबेली विकि

What we do

गल्ली-गल्लीले संचालन गरिरहेका चार कार्यक्रमहरु मध्ये: 

१.नालीबेली www.nalibeli.org

नालीबेली सूचना आदान प्रदान गर्ने साझा चौतारी हो । यहाँ सरकारी काम गर्दा अपनाउनु पर्ने हरेक प्रक्रियाको जानकारी राखिएको छ । हाम्रो दैनिक जीवनमा सरोकार राख्ने हरेक जानकारी पनि यहाँ उपलब्ध गराउँने प्रयासमा छौं । यहाँ जोसुकैले पनि आफूलाई थाहा भएको जानकारी राख्न सक्छन् । हामीले राखेका जानकारी आधिकारीक व्यक्तिबाट पाएको तथ्यांकको आधारमा राखिएको हो । यहाँ भएका जानकारी वा तथ्य गलत भएको थाहा भएमा तपाईंले पनि सच्याउन सक्नुहुनेछ । धेरै भन्दा धेरैजनाले यसको प्रयोग गरुन् भन्ने हाम्रो उद्देश्य हो । यसको प्रयोगकर्ता जति धेरै भयो, यहाँ त्यति नै जानकारीको भण्डारण हुन्छ भने गल्ती हुने सम्भावना पनि कम हुँदै जान्छ ।

२. वडा नक्सांकन

यसले काठमाडौंका तीन वटा वडा, त्यसअन्तर्गतका टोल र सांसदसँग मिलेर शहरलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बिषयमा काम गरिरहेको छ । टोललाई कसरी सुधार्न सकिन्छ ? सरकारी निकायलाई कसरी पारदर्शी बनाउन सकिन्छ ? स्थानीय निकायको निर्वाचन नहुँदा जनजीवनमा कस्तो असर परेको छ ? सरकारी निकायको काम कारवाहीमा के असर परेको छ ? भनी बुझ्नु पनि यसको उद्देश्य हो । यो १७ बर्षको अवधिमा स्थानीय निर्वाचन नहुँदा के कस्ता परीवर्तन आए, थाहा पाउन पनि यस्तो अध्ययन हुन आवश्यक छ | शहरीकरण ब्यापकरुपमा बिस्तार भईरकेको बेला, बिशेष गरेर काठमाण्डौ उपत्यकाको जनसंख्या सन् २००२ मा सोह्र लाख बाट बढेर २०११ मा आउदा पच्चीस लाख पुग्यो | यो अप्रत्यासित जनसंख्या बृद्धिले मानवीय जीवनको बिबिध पक्षलाई चुनौती दिईरहेकोछ् | जसको प्रभाव दैनिक रुपमा टोल, सडक, खानेपानि आपूर्ति र फोहोर संकलनमा प्रष्ट रुपमा देखिएकोछ | क्रमिक रुपमा बाहिरबाट बसाई सरेर आउनेहरुको आगमन संगै, सामाजिक गतिशीलतामा परिवर्तन आउनुका साथै यसको प्रकृति पनि फरक भएकोछ | यो प्रणालीमा भिन्दा भिन्दै समुदायका नागरिकहरुको संयोजनले, एक अर्का संगको संवादले र संस्कृतिले समाजको ढाँचा पनि परिवर्तन भएकोछ | १७ बर्ष देखी स्थानीय चुनाव नभईरहेको अवस्थामा, हरेक प्रक्रियाहरु निजिक्षेत्र (बिशेष गरेर एन.जी.ओ. हरु) बाट संचालित भईरहेका छन् | अनुसन्धान, अब हुने स्थानीय चुनाव लाई सुझावको दस्तावेज होस् भन्ने हाम्रो चाहना हो |

३. नालीबेली कन्सल्टिंग 

कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन काम हुने गर्छ | संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनि प्रावधान पूरा गर्नु नै पहिलो कदम हुन्छ | अनि हरेक बर्ष नवीकरण गर्ने वा वार्षिक प्रतिवेदन बुझाउनु पर्ने हुन्छ | हाम्रो परामर्श सेवाले तपाइंलाई यी अनेक चरण पार गर्न आवश्यक सूचना दिनेछ | अर्को तर्फ हाम्रो एजेन्सी सेवाले तपाईको लागि सरकारी कार्यालय मै गएर पुरा गर्नु पर्ने प्रक्रिया गरिदिनेछ | हामी तपाइंलाई सरकारी निकायमा गर्नु पर्ने झन्झटिलो काममा सघाउने काम गर्छौं | ता कि तपाईं एउटा सफल संस्था र व्यवसाय संचालन गर्न अघि बढ्न सक्नुहुनेछ |

crop photo

 

 

 

 

 

 

४. सुकुल बहस

सुकुल बहस हरेक महिनाको दोस्रो शुक्रवार संचालन हुने अन्तरक्रिया कार्यक्रम हो । जसको नारा सहजताको लागी गल्ली-गल्लीको काम जनता र जिम्मेवार निकाय एकै ठाम” | यसमा हरेक महिना सार्वजनिक चासोको बिषयमा छलफल हुन्छ । सरोकारवालासँग कारण, प्रभाव र समाधानको बारेमा बहस हुन्छ । अहिले सम्म सम्पन्न भएका सुकुल बहसका  शृंखला निम्न बिषय वस्तुमा आधारित थिए:

१. स्वतन्त्र बिद्यार्थी युनियन र प्रशासन बिचको सम्बन्ध |

२. ट्याक्सी मिटर: आवश्यकता र व्यवहारिकता |

३. फलफुल तथा तरकारीमा बिषादी: असर र आवश्यकता |

४. रिक्त स्थानीय निकाय: राजनीतिक दलको उपस्थिति र भूमिका |

५. काठमाडौँका सडक सुन्दर राख्न भईरहेको चुनौती र समाधानको उपाय |

६. उपत्यकामा सार्वजनिक यातायातका समस्या र न्यूनीकरणका उपाय |

७. काठमाडौँका सडक खन्नु पर्ने बाध्यता र समाधानको उपाय |

८. ग्यास अभावको कारण र समाधानको उपाय |

९. काठमाडौँका नदि-खोलामा सफा पानी बग्ला त ?

१०. फोहोरमैला व्यवस्थापनमा देखिएका चुनौती |

११. भूकम्प पछिका भग्नावशेष व्यवस्थापन |

१२. बजेट निर्माण/ कार्यान्वयन प्रक्रिया र असारे बजेट |

१३. काठमाडौँ उपत्यकामा खानेपानी व्यवस्थापनमा भईरहेको समस्या |

१४. समझदारी र मतभेदका बिच स्थानीय निकायमा महिलाहरुको प्रतिनिधित्व |

१५. डिजिटल प्रणालीको बढ्दो प्रयोग र यसको भविस्य |

१६. सुकुम्बासीलाई दिईने सेवामा स्थानिय निकायको उपस्थिति र पहल |

१७. सरकारी जग्गाको उपभोग: सरकार र जनताको भूमिका |

१८. ट्राफिक नियम र जरिवाना कडाईमा सवारीधनी र चालकको प्रतिक्रिया |

१९. आधुनिक तीज संस्कृति कि विकृति |

२०. संविधान कार्यान्वयनमा युवाको भूमिका |

२१. आधारभूत अधिकारमा मौलिक अभिमुखीकरण |

२२. स्वतन्त्र विद्यार्थी युनियनको चुनाव र यसको आवश्यकता |

२३. काठमाण्डौमा वायु प्रदूषण र यसले परेको मानिसको स्वास्थ्यमा प्रतक्ष्य प्रभाव |

२४. स्वस्थय बिमाको उपदयिता र यसको महत्व |

 

सम्पर्क

  • E: info@galligalli.org
  • T: ०१-४४२२८०४
  • A: गल्ली-गल्ली ,पशुपति रोड, ज्ञानेश्वर -३३ काठमाडौँ
Facebook Twitter Youtube